काठमाडौं, १४ असार । निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको चलचित्र ‘लुङा’को गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘अल्लारे जोबन’ बोलको गीतमा आयुष प्रधानको स्वर शब्द र संगीत रहेको छ। लिरिकल गीतमा चलचित्रका मुख्य पात्र भुवन सिंह राई र सारा लोहोरुङ राईको मायाप्रितिका केहि दृश्यहरु समेत समाबेश छन्। चलचित्र श्रावण ५ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ।

किरण राईको निर्देशनमा बनेको चलचित्रमा निर्माता सन्जिब राई,प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल /मनिशा पाठक/मेनुका घिमिरे /कैलाश राई /टि आर साम्सोहाङ सहनिर्माता रहेका छन्। पूर्वमा छायाँकन गरिएको चलचित्रमा बुद्धि तामाङ,भुवन सिंह राई,सारा लोहोरुङ राई,भिम शर्मा लिम्बू,प्रकाश दाहाल,अनुप लिङ्खिम,सुदिप जंग कार्की,गङ्गा बहादुर राई,सम्झना लिम्बू,रमेश बुढाथोकी,निशान लुइँटेल,स्मृति पोखरेल, सलिना गुरुङको अभिनय रहेको छ।

भुमिसा प्रोडक्सन संग इस्टन मिडियाको सहकार्य रहेको चलचित्र ‘लुङा’मा बादल लिम्बू र अनिस श्रेष्ठको संगीत,राजेश पायल राई,मेलिना राई,रचना रिमाल,आयुश प्रधान,निमा तामाङको गायन,सागर अर्यालको ध्वनि संयोजन,मिना कार्कीको श्रृङ्गार, किरण राईको छायांकन तथा सम्पादन, पृष्ठभुमि संगीत शैलेन्द्र बाबु प्रधानको,निर्माण नियन्त्रक प्रयास घिमिरे, कलर अनिल राना,कला निर्देशन बिमल लिम्बू र निशान लुइँटेलको रहेको छ। भुवन सिंह राईले लेखेको कथालाइ भुवन सिंह राई,प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथा सम्बाद लेखेका हुन्। चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। चलचित्रलाइ काठमाडौँमा जिजिए ग्रुप र काठमाडौँ बाहिर एफडि कम्पनीले वितरणको जिम्मा लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here