काठमाडौं । वन तथा वातावरण मन्त्रालयको आयोजनामा आज ‘राष्ट्रिय जलवायु सम्मेलन’ हुने भएको छ ।
वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा.सिन्धुप्रसाद ढुङ्गानाले कात्तिक २६ देखि मंसीर ७ गतेसम्म अरजरबैजानको बाकुमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंङीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन कोप–२९लाई अर्थपूर्ण बनाउन सम्मेलन आयोजना गरिएको बताए ।
आगामी कोपमा प्रस्तुत गरिने विषयवस्तुमा सुझाव माग्ने र यसले कोप– २९ मा नेपालको सहभागितालाई अर्थपूर्ण तथा राष्ट्रिय एजेण्डा बनाउनका लागि सहयोग पुग्ने उनको भनाइ छ ।