काठमाडाैं । आईसीसी टी-२० विश्वकप अन्तर्गत खेलमा नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य दिएकाे छ ।
अमेरिकाको ड्यालसस्थित ग्रान्ड पाइरी रंगशालामा सुरू भएको खेलमा नेदरल्याण्ड्ससँग टस हारेर ब्याटिङको निम्तो पाएकाे नेपालले सबै विकेटको क्षतिमा १०६ रन बनाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ३७ बलमा ५ चौकाको मद्दतले ३५ रन बनाए । त्यस्तै,कुशल भुर्तेलले ७ रन बनाए भने आसिफ शेख ४ रन बनाएर आउट भए ।
करन केसी १७, गुल्सन झा १४, अनिल शाह ११ र कुशल मल्लले ९ रन बनाएर आउट भए ।
नेदरल्याण्ड्स लागि टिम प्रिंगल र लोगन भान विकले ३-३ विकेट लिए । पाउल भान मेकरेन र बास डे लिडेले २-२ विकेट लिए ।