काठमाडौँ । लगातारको वृद्धिमा ब्रेक लाग्दै सोमबार नेप्से सूचक २०.४६ अंकले घटेको छ । खासगरी नयाँ सरकार परिवर्तन र मौद्रिक नीतिपछि एकाएक ६ सय अंकमाथिले बढेको सेयर बजारमा अधिकांश लगानीकर्ताहरूले नाफा बुक गर्न लाग्दा सोमबार नेप्से सूचक ०.७६ प्रतिशतले घट्दै २६६१.०९ विन्दुमा पुगेको हो । 

जसको कारण सोमबार १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँ बराबरको ४ करोड ७७ लाख ९० हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । सबैभन्दा बढी शिभम् सिमेन्टको ६१ करोड १२ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सोमबार दोस्रो र तेस्रोमा कुमारी बैंकको ५५ करोड २२ लाख ७६ हजार रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३९ करोड १८ लाख १९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सोमबार ७० कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको मूल्य घट्न पुगेको छ । बाँकी ४ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।  १३ वटा उपसूचकमध्ये सोमबार फाइनान्स समूहको उपसूचक १.८८ प्रतिशतले र हाइड्रोपावर समूहको उपसूचक ०.८१ प्रतिशतले बढेको छ भने बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी सोमबार ट्रेडिङ समूहको उपसूचक ४.५४ प्रतिशतले ऋणात्मक हुनपुगेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here