काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले सत्तारूढ गठबन्धनको नयाँ सहयात्राले राजनीतिक संकटको हल गर्ने बताएका छन्। मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद शर्माले वर्तमान सत्तारूढ गठबन्धनको सहयात्राले देशमा देखापरेको राजनीतिक संकटको हल गर्ने बताएका हुन्।उनले देशमा अहिले आर्थिक संकट र राष्ट्रियताको संकट पनि भएको उल्लेख गर्दै ती सबै संकट समाधानका लागि नयाँ सहयात्रा आरम्भ भएको बताए। उनले अर्थतन्त्रको पुरानो लय र दिशा बदलेर मात्रै देशको अर्थतन्त्रको संकट समाधान गर्नसक्ने पनि बताए।सांसद शर्माले भने, ‘हाम्रो देश यतिबेला आर्थिक रूपमा संकटबाट गुज्रिरहेको छ। राष्ट्रियताको हिसावले पनि संकटबाट गुज्रिरहेको छ। मुख्यतः राजनीतिक हिसावले पनि संकटबाट गुज्रिरहेको छ। सायद यो कुरालाई आत्मसात गरेर एउटा नयाँ कोर्ष, नयाँ यात्राको थालनी भएको छ। यो राजनीतिक रूपमा सुरु भएको नयाँ सहयात्राले राजनीतिक संकटको हल गर्छ। हामीले लामो समयदेखि नेपालको अर्थतन्त्रको एउटा लय, बाटो र दिशा समात्यौं।

त्यो दिशालाई बदलेर उत्पादनमा वृद्धि र रोजगारी सृष्टिको दिशा बनाएर अगाडी जाँदा नै यो देशको अर्थतन्त्रको संकट समाधान गर्नसक्छौं।’उनले देशको राष्ट्रियतालाई बलियो बनाउनको निम्ति राजनीतिक दलहरू पनि बलियो हुनुपर्ने पनि बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here