काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् ।

साेमबार शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्रीलाई पद तथा गाेपनीयताकाे शपथ गराएका हुन् ।

शप समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीरु, सांसद्, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि शुक्रबार दललाई आह्वान गरेका थिए । ओलीले सोही दिन कांग्रेसको समर्थनमा १६६ सांसद्सहित दाबी पेश गरेका थिए ।

उनलाई राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here