काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिँदैछन् । आज शीतल निवासमा तीनै प्रदेशका प्रमुखले साँझ ५ बजे शपथ लिनेछन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरेका थिए ।
राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै संविधानको धारा १६३ को उपधारा २ बमोजिम प्रमुख नियुक्त गरिएको जनाएको छ ।
यसअघि बागमती प्रदेशमा नेकपा एस निकट यादव चन्द्र शर्मा , लुम्बिनीमा माओवादी निकट अमिक शेरचन र कर्णालीमा तिलक परियार थिए ।