काठमाडाैं । मधेश प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् ।
प्रदेश प्रमुख सुमित्रा भण्डारीले आज जनमत पार्टीका त्रिभुवन साहलाई वन तथा वातावरण मन्त्री र सकिल मियाँलाईविना विभागीय मन्त्रीको पद तथा गोपनीयताको गराइन् ।
दुई मन्त्री थपिएसँगै मुख्यमन्त्री सतिश कुमार सिंहको मन्त्रिमण्डल १६ सदस्यीय बनेको छ । गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका सिंहले सोही दिन १० मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए ।