काठमाडौं । नोकियाले चन्द्रमामा फोरजी मोबाइल नेटवर्क विस्तार गर्ने योजना ल्याउने भएको छ । चन्द्रमा अन्वेषण गर्न सघाउ पुर्‍याउने र विभिन्न सम्भाव्यता अध्ययन गर्ने उद्देश्यका साथ कम्पनीले फोरजी सेवा विस्तारमा ल्याउने भएको हो ।

परियोजना अघि बढे सन् २०२३ भित्रै चन्द्रमामा फोरजी नेटवर्क विस्तार गर्ने तयारीमा कम्पनीको जुटेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनबीसी अनुसार चन्द्रमामा फोरजी नेटवर्क विस्तार गर्न नोकियाले अमेरिकी अन्तरिक्ष कम्पनी ‘इन्ट्युटिभ मसिन’ ले डिजाइन गरेको नोभा(सी लुनार ल्यान्डरमा भण्डारण गरिएको एन्टेना बेस स्टेसनको सहयोग लिने कम्पनीले जनाएको छ ।

सोलर पावरको सुविधा भएको उक्त ल्यान्डर र रोभरबीच फोरजी कनेक्सन स्थापना गरिनेछ । यो सबै पूर्वाधार चन्द्रमाको दक्षिणी भागमा रहेको शेकलटन क्रेटरमा अवतरण हुनेछ । कम्पनीले यी पूर्वाधारलाई चन्द्रमाको वातावरण अनुकूल बनाएको दाबी गरेको छ । यो नेटवर्क नासाको ‘आर्टिमिस वन मिसन’ भित्र प्रयोग गरिने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here