काठमाडौं- राष्ट्रियसभा अध्यक्षको निर्वाचनअन्तर्गत साेमबार उम्मेदवारी दर्ता हुँदैछ। उम्मेदवारी दर्ता आज बिहान ११ बजेबाट दिउँसो १ बजेसम्मका लागि तोकिएको छ । संघीय संसद सचिवालयकाअनुसार आजै दिउँसो उम्मेदवारको नामावली प्रकाशन हुनेछ।

राष्ट्रिय सभाको अध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का नारायण दाहाल र नेपाली कांग्रेसबाट युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय भइसकेको छ। मंगलबार ११ बजे बस्ने बैठकले राष्ट्रियसभा अध्यक्षको चयन गर्नेछ।राष्ट्रियसभाका निवर्तमान गणेशप्रसाद तिमिल्सिना ६ वर्षे कार्यकाल सकेर बिदा भएपछि यो पद खाली छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here