काठमाडौँ  । नुवाकोटको शिवपुरी गाउँपालिकास्थित अदुवाबारीमा माइक्रोबस दुर्घटनामा परेको छ । काठमाडौंबाट लमजुङका लागि हिँडेको माइक्रोबस शिवपुरी गाउँपालिका–८ अदुवाबारीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।  सो  माइक्रोबस  पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नुवाकोट हुँदै लमजुङ जाँदै गरेको बताइएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here