काठमाडाैं । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथका लागि संघीय सांसद्लाई निम्तो पठाएको छ ।
राष्ट्रपति कार्यालयले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुअघि संसद सचिवालयलाई पत्राचार गर्दै सबै सांसद्लाई शपथ ग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा गरेको हो ।
पत्रअनुसार प्रधानमन्त्रीको शपथ सोमबार बिहान ११ बजेका लागि तय गरिएको छ ।
