काठमाडौँ । निर्देशक ओम प्रतिकले नयाँ फिल्म ‘मोहोर’को छायांकन सुरु गरेका छन् । उनले काठमाडौँको कागेश्वरीस्थित गागलफेदीबाट फिल्मको छायांकन सुरु गरेका हुन् ।

फिल्ममा पल शाह, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, लक्ष्मी गिरी, रवीन्द्र झा लगायतको अभिनय रहने छ । चुम्बन जङ्ग शाही निर्माता रहेको फिल्मको कथा पनि निर्देशक प्रतिककै हो ।

फिल्म मेकर्स प्रालिको प्रस्तुतिमा बन्ने फिल्ममा दिपेन बस्नेतको छायाङ्कन, कुमार महर्जनको द्वन्द्व, सुरेश अधिकारी र एसडी योगीको सङ्गीत, प्रमोद ढुङ्गाना र हर्क साउदको गीत रहनेछ ।

काठमाडौँको अलवा दाङ र रोल्पामा समेत फिल्मको छायाङ्कन हुनेछ । फिल्मको प्रदर्शन २०८२ सालको तिज वरिपरि गरिने लक्ष्य राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here