वीरगन्ज । सिराहाको लहानमा एक नाबालिगमाथि ललाइफकाइ बलात्कार भएको घटना उजागर भएको छ । लहान नगरपालिकाको वडा नम्बर १ स्थित साथीको कोठामा लगेर बलात्कार गरेको घटना बाहिरिएको हो ।
‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर निकेश यादवले १५ बर्सिया नाबालिगलाई बलात्कार गरेको सिराहा प्रहरी प्रवक्ता रवीन्द्रराज पाण्डेले जनाए । लहान नगरपालिका १ स्थित अरुण यादवले भाडामा लिएर बस्दै आएको कोठामा निकेश यादवले नाबालिगमाथि बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको सिराहा प्रहरीले जनायो ।
बलात्कृत बालिकाको अवस्था गम्भीर रहेको सिराहा प्रवक्ता पाण्डे बताउँछन् । उनका अनुसार बुधबार दिउँसो बलात्कृत बालिका अत्यधिक रक्तश्राव भएर भएर बेहोस भएकी थिइन् ।