जनकपुरधाम । बाराको जीतपुर सिमरा उपमहानगरपालिका ११ मा कारभित्र एकजना मृत अवस्थामा फेला परेका छन् ।
बागमती प्रदेश ०१,०२८ च ७६१६ नम्बरको कारभित्र एकजना पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ । मृतकको पहिचान हुन सकेको छैन ।
स्थानीयले ती व्यक्तिलाई कसैले गोली हानेर हत्या गरेको हुनसक्ने बताएका छन् । घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान थालेको छ ।