काठमाडौं-  रूपन्देहीको सियारीबाट पेस्तोलसहित एकजना पक्राउ परेका छन्। सियारी गाउँपालिका २, च्याङ्था इलाकामा सशस्त्र प्रहरीको सुरक्षा बेस अमुवाबाट सशस्त्र प्रहरी निरीक्षक दीपक खड्काको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा आइतबार राति पौने ११ बजे पेस्तोलसहित स्थानीय अमेरिका थारुलाई पक्राउ गरेको हो।

उनको साथबाट अन्दाजी ६ मि.मि. राउण्ड लाग्ने रिभलवर पेस्तोल एक थान र लाभा कम्पनीको एकथान मोबाइल सेट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्बर २७ गण, रुपन्देही प्रवक्ता मोहन न्यौपानेले जानकारी दिए।

पक्राउ परेका थारु र पेस्तोलसहित अन्य सामग्री आवश्यक कारबाहीका लागि राति नै इलाका प्रहरी कार्यालय, छपियामा बुझाइएको सशस्त्रले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here