काठमाडौं । जिल्ला अदालत, काठमाडौं परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललित केसी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले बताए । प्रहरी वृत्त, सिंहदरबारको टोलीले उनलाई पक्राउ गरेको थियो । लगत्तै उनलाई जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको थियो ।

रवि लामिछाने जोडिएको सहकारीका पीडितको पक्षबाट बहस गरेर फर्किँदै गर्दा अदालत परिसरमै त्रिपाठीलाई एउटा समूहले लछारपछार गरेको थियो ।

उनका अनुसार, इजलासबाट निस्किनासाथ उनलाई सुरुमा युट्युबरहरूले घेरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here