काठमाडौं- नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्तिको माग गर्दै सडक बहस गरेको छ ।नेपाली कांग्रेसनिकट भ्रातृ संगठनले प्रदर्शनीमार्गस्थित रत्न राज्य लक्ष्मी क्याम्पस अगाडि बहस गरेकाे हाे। साथै उनीहरूले शान्तिपूर्ण प्रदर्शन पनि गरेका थिए।

उनीहरूले ‘त्रिवि बचाऊ’, ‘राजनीतिक भागबन्डाले विश्वविद्यालय च्वास्सै च्वास्सै’, ‘उपकुलपति नियुक्ति खुला प्रतिस्पर्धाबाट’, ‘प्रधानमन्त्रीज्यू ग्र्याजुएसन त भयाे, जागिर खाेइ’ लगायतका नारा लेखिएका ब्यानर पनि प्रदर्शन गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here