काठमाडाैं । पेरिस ओलम्पिकको पुरुष फुटबलमा फ्रान्सलाई पराजित गर्दै स्पेनले स्वर्ण जितेको छ । शुक्रबार भएको फाइनलमा स्पेनले फ्रान्सलाई ५–३ गोलको अन्तरले पराजित गरेको हो ।

स्पेनको जितका लागि अतिरिक्त समयमा सर्जियो कमेलोले दुई गोल गरे । खेलमा अग्रता फ्रान्सले लिएको थियो । फ्रान्सका एन्जो मिलोटले खेलको ११ औँ मिनेटमा गोल गरे । खेलको ७ मिनेटपछि लोपेजको गोलमा स्पेनले बराबरी गर्‍यो । २५ औँ मिनेटमा लोपेजको गोलमा स्पेनले अग्रता बनायो ।

लगत्तै अलेहान्द्रो माइनाले गोल गरेपछि दुई गोलको अग्रता हुँदा ७९ औँ मिनेटमा फ्रान्सका अक्लिओचेले गोल गरे । इन्जुरी समयमा पेनाल्टीमा घरेलु टोलीका लागि माटेटाले गोल गरेपछि खेल बराबरी भएको थियो ।

निर्धारित समय तीन-तीन गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

स्पेनले ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण जितेको सन् १९९२ यता पहिलो पटक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here