काठमाडौ ।  वीरगञ्ज- प्रहरीले पर्सा र बारा जिल्लामा लगाइएको गाँजाखेती फँडानी तथा नष्ट गरेको छ।प्रहरीले दुवै जिल्लामा गरी एक बिगाहा दुई कट्ठा क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरेको हो।बाराको सिम्राैनगढ नगरपालिकाको वडा नम्बर २ र ७ खजानीमा लगाइएको प्रतिबन्धित गाँजा नष्ट गरिएकाे छ। इलाका प्रहरी कार्यालय, सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले २० स्थानमा १२ कट्ठा क्षेत्रफलमा लगाइएको गाँजा प्रहरीले नष्ट गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

यस्तै, पर्साको ठोरी गाउँपालिका वडा नं.३ र ४ स्थित दश कट्ठा खेतमा अवैध रूपमा लगाएको गाँजाका बोटहरू फडानी गरी नष्ट गरिएको पर्साका प्रहरी प्रवक्ता डिसपी कुमारविक्रम थापाले जानकारी दिए।उक्त स्थानमा आठ हजार गाँजाको बोट फडानी गरिएको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here