काठमाडाैं । पछिल्लो समय विभिन्न उमेर समूहका व्यक्तिहरुमा कपाल झर्ने समस्या धेरै बढिरहेको छ । २१ वर्षदेखि ४०–४५ वर्ष उमेरका व्यक्तिमा कपाल झर्ने समस्या बढी मात्रामा देखिन्छ ।

यसका कारणहरु धेरै छन् । एउटा त वंशानुगत हो र मानिसले धेरै चिन्ता लिनु अर्को कारण हो । त्यस बाहेक धेरै थरीका रोगहरुको कारणले कपाल झर्ने समस्या देखिन्छ । चाँयाले कपाल झर्ने हुन्छ ।


युवा अवस्थामा कपाल गर्ने प्रमुख कारण भनेको नै वंशानुगत हो । र युवा अवस्थामा धेरै चिन्ता लिँदा कपाल झर्ने समस्या युवाहरुमा पनि धेरै देखिने गरेको पाइन्छ । त्यस वाहेक घर बाहिर अर्थात होटल रेष्टुरेन्टको खानपानका कारण पनि कपाल झर्छ । खानपान नमिल्दा पनि धेरै कपाल झर्ने समस्या आउँछ ।


हाम्रो देश तथा विदेशभरी नै कपाल प्रत्यारोपणको ट्रेन्ड बढिरहेको छ । नेपालमा पनि कपाल प्रत्यारोपण गर्नेक्रम वृद्धि भइरहेको छ । कपाल कति डिग्रीमा छ त्यही अनुकूल नै प्रत्यारोपण गर्ने हो । अहिलेसम्म दुनियाँमा सबैभन्दा राम्रो टेक्नोलोजी भनेको नै प्रत्यारोपण हो । तर हामीले थोरै कपाल झरेको छ भने औषधि दिएर नै उपचार गर्ने गरेका छौँ । तर प्रत्यारोपण गर्ने चलन बढेको छ । प्रत्यारोपणको प्रक्रियाको विषयमा भन्नुपर्दा कपाल पछाडिलाई डोनर भाग भन्ने गरिन्छ । धेरैजसो कपाल झर्ने भनेको अगाडिको भाग हो । पछाडिको कपाल झरेको थोरै मात्रामा देखिन्छ । यसरी पछाडिको कपाल झिकेर नै अगाडि प्रत्यारोपण गर्ने हो । जसको कपाल पछाडि पनि झरेको हुन्छ उसको भने प्रत्यारोपण हुन सक्दैन । किनभने बिउ छैन् भने कहाँबाट हाल्ने रुकपाल चाहिन्छ नै ।


हाम्रो अनुभव के छ भने यहाँ २५ देखि ४० वर्षसम्मको उमेरको बढी प्रत्यारोपण गरिरहेका छौँ । हुन त हामीले ४० देखि ५० सम्मको पनि गर्छौ तर २५ देखि ३५ सम्मको चाहिँ बढी हुन्छ । जब कपाल प्रत्यारोपण गर्छौँ त्यसको पछिसम्म कुनै पनि साइड इफेक्ट देखिदैन् । यो एकदमै सुरक्षित छ । त्यसैले प्रत्यारोपणपछि कुनै पनि किसिमको साइड इफेक्ट देखिने समस्या हुन्छ कि भनेर डराउन पर्दैन । एक पटक प्रत्यारोपण गरेर राम्रोसँग हेरचाह गर्‍यो भने १५ देखि २० वर्षसम्म हुन्छ ।


बिदेशमा र नेपालमा गरिने कपालको प्रतयारोपणको तरिका प्रविधिको हिसाबले एउटै नै हो । तर आर्थिक हिसाबले बिदेशमा भन्दा नेपालमा प्रत्यारोपणको मूल्य सस्तो छ । काठमाडौंमा पनि सबै क्लिनिकहरुमा थरीथरीको मूल्य छ । तर हामीले संचालन गरेको क्लिनिकमा अरु भन्दा सस्तो नै छ । परग्राफ ४० रुपैयाँदेखि सुरु हुन्छ । कसैको आर्थिक अवस्था राम्रो छैन् भने अझ सस्तोमा गर्ने गरेको छौँ ।


२० बर्ष उमेर समूहदेखि तलको विरामी छ भने त्यसलाई प्रत्यारोपण गर्न सल्लाह दिँदैनौ । त्यसका लागि औषधि छन् । त्यसले रोकेर केही दिनसम्म अथवा लामो समयसम्म नभएपनि सिमित अवधिसम्म लम्ब्याउछौँ । त्यसपछि प्रत्यारोपण गर्छौँ । तुरुन्तै प्रत्यारोपण गर्नुपर्ने अवस्था छैन् भने अरु उपायहरु पनि छ । त्यसबाट कपाल झर्नबाट रोक्छौँ । जिएफसी छ पिआरपी प्रविधि छ । त्यसले पलाउँछ ।

ग्राफ अनुसार मानिसलाई प्रत्यारोपण गर्नुपर्ने हुन्छ । सोही अनुसार हुन्छ मूल्य निर्धारण हुन्छ । समय चाहिँ लगभग ५–देखि ६ घण्टा लाग्छ । तर त्यो अवधिमा हामी प्रत्यारोपण मात्र गर्दैनौ
। चिया खाजा खाने समय त्यसैमा समावेश हुन्छ । प्रत्यारोपण लामो समयसम्म औषधिहरू खाइराख्नुपर्ने केही समस्या पनि हुँदैन । तर प्रत्यारोपण पछि केही दिनसम्म चाहिँ औषधि प्रयोग गर्छौ । प्रत्यारोपण गर्दा दुखाइ केही हुन्न । सामान्य किसिमको अप्रेसन चाहिँ हुन्छ ।

धेरैले दुखाइ हुन्छ कि भनेर डराएको पनि पाउँछौँ तर दुखाइ हुँदैन । राम्रोसँग प्रत्यारोपण गरिएन भने वा प्रक्रिया पुर्‍याएर गरिएन भने कपाल नक्कली जस्तो देखिने समस्याहरू हुनसक्छ । अरुठाउँमा गरिसकेको बिरामीहरू बिग्रिएर पनि आउनुहुन्छ । काठमाडौंमा धेरै क्लिनिकहरू छन् त्यहाँ विदेशका टेक्निसियन ल्याएर प्रत्यारोपण गराउने गरेको पाइन्छ । त्यसबाट सावधान हुनुपर्छ । चिकित्सककै सल्लाहमा मात्र कपाल प्रत्यारोपण गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here