काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते संसदबाट देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।

सोमबार प्रधानमन्त्रीको शपथ लिएका ओलीले साउन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए । साउन ७ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ७६ ९२० बमोजिम कांग्रेस र एमालेको समर्थनमा उनलाई यही आइतबार देशको ४५औँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here