काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको जस्तो देशमा निराशाको अवस्था नरहेको दाबी गरेका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनलेबीचमा बिभिन्न संक्रमणका कारण आर्थिक शिथिलता भएपनि अहिले विस्तारै उकालो लागेको भन्दै प्रधानमन्त्री ओलीले भनेको जस्तो देशमा निराशाको अवस्था नरहेको दाबी गरेका हुन् ।
उनले भने,‘प्रधानमन्त्रीजीले ऋणको अवस्था, नेपालको अर्थतन्त्रको बारे र जनतामा निराशाको बारे बताउनुभयो । पछिल्लो दुईतीन वर्षमा कांग्रेस माओवादी , एमालेकोबीचमा गठबन्धन बन्यो । त्यसबीचका कुराहरुलाई उहाँले निराशाको रुपमा व्यक्त गर्नुभएको छ । त्यसलाई मैले तथ्यांकबाट हेर्दा प्रधानमन्त्रीले भनेको जस्तो निराशा छैन् । बीचमा केही परिघट्नाले आर्थिक शिथिलता भएपनि अहिले विस्तारै उकालो लागेको छ ।’
उनले तथ्यांक अनुसार अर्थतन्त्र सकारात्मक रहेको भन्दै यस्तो अवस्थामा निराशाको कुरा के आधारमा गरिरहनु भएको उनको प्रश्न थियो ।
तथ्याङकलाई बंग्याएर यसरी भावनाको आधारमा चल्न मिल्दैन् । उनले भने,‘प्रधानमन्त्री सरकार छोड्दै गर्दा आर्थिक वृद्धिदर ४.८ प्रतिशत थियो । त्यसपछि तीन वर्षमा थुप्रै संक्रमण भए । अहिले चार प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर छ । गत १।९ थियो । अहिले चार प्रतिशतको हाराहारीमा सकारात्मक अवस्थामा छ कसरी निराशाको कुरा गर्नुहुन्छ ? तथ्यांकलाई बंग्याएर यसरी भावनाको आधारमा चल्दैन् । १९ महिनाको वस्तु आयात गर्ने हामीसँग पर्यात विदेशी मुद्रा छ । पहिला ओलीज्यू प्रधानमन्त्री हुँदा कति थियो ? उहाँको भाषण लेखिदिने साथीले हेरिदिनुहोला ।’
आज १९ महिनाको वस्तु आयात गर्ने पर्यात विदेशी मुद्रा रहेको भन्दै प्रधानमन्त्रीको भाषण तथ्यांलाई हेरेर मात्र लेख्न सुझाव दिए ।