काठमाडौँ । नेपाल विज्ञापन बोर्डले टेलिभिजन रेटिङ प्वाइन्ट टीआरपी निकाल्नेबारे तयारी थालेको छ । बोर्डले टेलिभिजनहरूको भ्युवरसिप निकाल्ने र सोही आधारमा टेलिभिजनहरूमा विज्ञापन दिने गरी तयारी थालेको हो ।

नेपालमा अहिलेसम्म टेलिभिजन रियल टाइममा कति मान्छेले हेरिरहेका छन् भनेर तथ्याङ्क निकाल्न सकेको छैन । टेलिभिजनको टीआरपीको आधारमा विज्ञापन प्राप्त हुने अन्तर्राष्ट्रिय अभ्यासको सुरुवात गर्न छलफल चलाइएको बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले बताए। टेलिभिजनको लोकप्रियता र टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमको लोकप्रियताको आधारमा विज्ञापन बाँडफाँड गर्नको लागि छलफल अघि बढाइएको अध्यक्ष हुमागाईँको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here