काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ तेस्रो साता थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । छैटौँ बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली थाइल्याण्ड जाने भएका हुन् ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास अर्थात् बिम्स्टेक शिखर सम्मेलन आगामी भदौ १९ र २० गते आयोजना हुँदैछ ।
बिम्स्टेक सम्मेलनमा थाइल्याण्डसहित नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार र श्रीलंका सदस्य राष्ट्र छन् । दक्षिण तथा दक्षिणपूर्वी एशियाली मुलुकबीच सहयोग आदानप्रदान गर्ने र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले सन् १९९७ जुन ६ मा बिम्स्टेक स्थापना भएको थियो । नेपाल सन् २००४ मा बिम्स्टेकको सदस्य भएको थियो ।