काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार बागलुङ पुगेका छन् । त्यहाँ पुगेर उनले कालिका भगवती मन्दिरको पूजा–अर्चना गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह त्यहाँ पुग्दा राप्रपाका नेता, कार्यकर्ता, सर्वसाधारण, शुभेच्छुक तथा समर्थकहरूले स्वागत गरेका थिए । उनीहरूले ‘राजा आऊ देश बचाऔँ’, ‘हाम्रो राज प्राणभन्दा प्यारो छ’, ‘हिन्दु राज्य कायम होस्’, लगायतका नारा लगाएका थिए ।

पूर्व राजा शाहले आफ्ना शुभेच्छुकसँग संवाद समेत गरेका थिए । उनको धार्मिक स्वागतको लागि भन्दै विश्व हिन्दु महासंघ बागलुङका अध्यक्ष जब्बरबहादुर लामिछानेको नेतृत्वमा ५ सय १ सदस्यीय नागरिक स्वागत मूल समारोह समिति समेत गठन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here