काठमाडौँ। रणवीर कपुर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र पार्ट–२’ मा रणवीर सिंह ‘देव’ को भूमिकामा देखिने खबर बाहिरिएको छ । देव फिल्ममा रणवीर कपूरको बुबा हुनेछन्।
‘ब्रह्मास्त्र पार्ट–१ शिवा’ रिलिज भएदेखि नै यस फिल्मको पार्ट–२ को चर्चा थियो । फिल्ममा ‘देव’ को भूमिकाका लागि शाहरुख खान र ऋतिक रोशनको नाम पनि सार्वजनिक गरिएको थियो ।
यति मात्र होइन, रणवीर कपुरको दोहोरो भूमिकाको पनि चर्चा भइरहेको थियो । तर, हालै रणवीर सिंहलाई यो भूमिकाको लागि तय गरिएको छ ।
अहिले निर्माता ‘ब्रह्मास्त्र पार्ट–२’ को स्क्रिप्टमा व्यस्त छन् । फिल्मको छायाङ्कन सन् २०२५ मा सुरु हुने बताइएको छ ।
रणवीर सिंह डन फ्रेन्चाइजको फिल्म ‘डन ३’ मा देखिनेछन् । फरहान अख्तरको निर्देशनमा बन्ने यो फिल्म २०२५ मा रिलिज हुनेछ ।
यसबाहेक रणवीर सञ्जय लीला भन्सालीको फिल्म ‘बैजु बावरा’ मा पनि देखिनेछन् । यस फिल्ममा रणवीरसँग आलिया भट्ट पनि देखिनेछिन् ।
दीपिका ‘ब्रह्मास्त्र पार्ट १’ मा अमृताको भूमिकामा देखिएकी थिइन् । फिल्ममा अमृता ‘शिव’की आमा थिइन् । अब फिल्ममा रणवीर सिंहको प्रवेश पनि पक्का भएको छ ।