काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने अधिकार कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई दिएको छ ।

मङ्गलवार बिहान बसेको केन्द्रीय समितिको बैठकले उपनिर्वाचन प्रयोजनका लागि हस्ताक्षर गर्ने अधिकार बुर्लाकोटीलाई दिएको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

सहकारी ठगी प्रकरणमा मुछिएका सभापति रवि लामिछाने कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् । लामिछानेको अनुपस्थितिमा उम्मेदवारलाई दिने टिकटमा बुर्लाकोटीको हस्ताक्षर चलाउन पार्टीले स्वीकृति दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here