काठमाडौँ । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएपनि उनी तत्काल नछुट्ने अवस्था रहेको छ ।
रविविरुद्ध यसअघि नै थप जिल्लामा पक्राउ पुर्जी जारी भएको छ । जसकारण कास्कीमा धरौटी बुझाएर पनि उनी नछुट्ने सम्भावना देखिएको हो । यस्तै काठमाडौँ जिल्ला अदालतमा रविविरुद्ध मुद्दा अभियोजन भइसकेको छ ।
कास्कीको थुनछेक प्रक्रिया सकिएकाले अब उनलाई काठमाडौँ ल्याउने तयारी रहेकाे स्रोतको भनाइ छ ।
यस्तै रविलाई पक्राउ गरेर आवश्यक सहयोग गरिदिन रुपन्देही, पर्सा र चितवन प्रहरीले पनि यसअघि नै कास्की प्रहरीलाई पत्राचार गरिसकेको छ ।