रुपन्देही । रास्वपा सभापति रवि लामिछानेमाथि थुनछेक बहस सुरु भएको छ । लामिछाने अदालत हाजिर भएसँगै थुनछेक बहस सुरु भएको हो ।

बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत अपचलन गरेको अभियोग लामिछानेमाथि छ । लामिछाने गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक हुन् ।

लामिछानेसँग रुपन्देही जिल्ला अदालतले बुधवार बयान सकेपछि परिवार र प्रतिवादीका वकिलको जिम्मा जमानीमा छाडेको थियो । आज हुने थुनछेक बहसका आधारमा उनी थुनाबाहिर रहने वा थुनामै रहने भन्ने अदालतले आदेश दिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here