काठमाडौँ । आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले म्युचुअल फन्डको लाभांश घोषणा गरेको छ । आज बसेको सञ्चालक समितिको बैठकले आरबीबी म्युचुअल फन्ड १ र २ को लाभांश घोषणा गरेको हो । बैठकले आरबीबी म्युचुअल फन्ड १ को करसहित ३.८१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । 

आरबीबी म्युचुअल फन्ड–२ को करसहित ८.७४ प्रतिशत नगद लाभांशको निर्णय भएको जनाइएको छ । भदौ ३१ गते फन्डको बुक क्लोज मिति तय गरिएको छ । यसअनुसार भदौ ३० गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here