काठमाडौं । नेपाली बजारमा रेड्मी नोट १२ सिरिज सार्वजनिक भएको छ । सोमबार साओमीले नेपाली बजारमा रेड्मी नोट १२ र रेड्मी नोट १२ प्रो फाइभजी स्मार्टफोन सार्वजनिक गरेको हो ।
रेड्मी नोट १२ मा १२० हर्ज रिफ्रेस रेटसहित ६.६७ इन्चको एमोलेड डिस्प्ले छ । क्वालकम एसएम ४३७५ स्न्यापड्रागन फोर जेन वान चिपसेटद्वारा सञ्चालित यो फोन एन्ड्रोइड १२ र मियूआई १३ मा आधारित छ । फोनमा तीन ओटा क्यामेरा छन्, जसमा ४८ मेगापिक्सेलको मुख्य, ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो सेन्सर रहेका छन् । सेल्फी पारखीका लागि १३ मेगापिक्सेलको क्यामेरा उपलब्ध गराइएको छ । ४, ६ र ८ जीबी र्याम भेरियन्टमा रहेको यो फोनमा १२८ जीबी इन्टर्नल स्टोरेज रहेको कम्पनीले जनाएको छ ।
५००० एमएएच क्षमताको ब्याट्री भएको यस फोनलाई चार्ज गर्न ३३ वाटको चार्जर उपलब्ध गराइएको छ । उक्त चार्जरले २२ मिनेटमा ५० प्रतिशत चार्ज गर्ने कम्पनीको दाबी छ । नेपालमा ४ जीबी र्याम १२८ जीबी इन्टर्नल स्टोरेज भएको रेड्मी नोट १२ को मूल्य २२ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यस्तै ६ जीबी र्याम १२८ जीबी इन्टर्नल स्टोरेज भएको मोडेलको २४ हजार ९९९ र ८ जीबी र्याम १२८ जीबी इन्टर्नल स्टोरेज भएको मोडेलको मूल्य २६ हजार ९९९ रुपैयाँ रहको कम्पनीले उल्लेख गरेको छ ।