काठमाडौँ । पछिल्लो विकसित राजनीतिक अवस्था, थप आन्दोलनको तयारी र समसामयिक विषयमा समीक्षा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनौपचारिक बैठक बोलाएको छ ।

सहकारी ठगी आरोपमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले आज काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दैछ ।

दिउँसो १ बजे हुने विरोध प्रदर्शनको व्यवस्थापन रास्वपा बागमती प्रदेशले गर्ने छ । उनका अनुसार प्रदर्शनलाई शान्तिपूर्ण बनाउन र्यापिड फोर्स खटिनेछ । सरकारले राजनीतिक प्रतिशोधका आधारमा सभापति लामिछानेलाई पक्राउ गरेको आरोप लगाउँदै त्यसको विरोधमा देशव्यापी रूपमा स्वतःस्फूर्त आन्दोलनको अभियान चलाउने तयारी  छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here