काठमाडौँ । वामपन्थी अनुरा कुमारा दिसानायके श्रीलङ्काको राष्ट्रपति बनेपछि भारतका विदेशमन्त्री एस जयशंकर पहिलो पटक कोलम्बो पुगेका छन् । उनले माइक्रो ब्लगिङ वेबसाइट एक्समा ट्वीट गर्दै यो जानकारी दिएका हुन् । ‘फेरि कोलम्बो आउन पाउँदा राम्रो महसुस गरिरहेको छु । श्रीलङ्काली नेतृत्वसँग वार्ता गर्न तत्पर छु ।’ पोष्टमा उनले लेखेका छन् । यस वर्षको फेब्रुअरीमा अनुरा कुमारा दिसानायके भारत आएका थिए ।

त्यसको सात महिनापछि उनी श्रीलङ्काको राष्ट्रपति बनेका थिए । आफ्नो पोस्टमा जयशंकरले दुई देशबिचको सम्बन्धलाई अझ गहिरो बनाउने विषयमा राम्रो छलफल भएको भनेर लेखेका छन् । २२ सेप्टेम्बरमा आएको राष्ट्रपति निर्वाचनको नतिजामा वामपन्थी नेता अनुरा कुमारा दिसानायके विजयी भएका थिए । सामान्यतया, श्रीलङ्काको वामपन्थी विचारधारा भएका सरकारहरूलाई वैचारिक रूपमा चीनको नजिक मानिन्छ । यस्तोमा नयाँ सरकारलाई भारतका लागि पनि चुनौतीका रूपमा हेरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here