Swollen Saptakoshi River after incessant rainfall at the Koshi Barrage

काठमाडाैं । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ ।

आइतबार बिहान ९ः०० बजेको मापन अनुसार पानीको बहाव प्रतिघण्टा ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको प्रहरीले जनाएकाे छ । अविरल वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै ब्यारेजमा रातो झन्डा गाडिएको छ ।

पानीको बहाव अझै बढ्ने अनुमान गरिएको छ । ८ बजेको मापनमा प्रतिघण्टा ३ लाख ४९ हजार क्युसेक थियो भने ७ बजे ३ लाख ४२ हजार क्युसेक पानी थियो ।

पानीका बहाव बढेपछि उच्च सतर्कता अपनाउनुको साथै नदी किनारतिर निगरानी बढाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here