काठमाडौँ । दाङमा रहेको श्री मावि तुलसीपुर सेन्टर र टोखामा रहेको फ्लोराेसेन्ट माविलाई २०८० सालको राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा सामुदायिक विद्यालय तर्फ दाङमा रहेको श्री माविलाई प्रदान गरेको हो ।

त्यस्तै निजी विद्यालय तर्फ टोखामा रहेको फ्लोराेसेन्ट माविलाई प्रदान गरिएको हो। दुवै विद्यालयले २०८० सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाको आधारमा राष्ट्रिय स्तरमा प्रथम भई राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेका हुन। दुवै विद्यालयलाई नगद तीन–तीन लाख रूपैयाँ, राष्ट्रिय शिल्ड, ध्वजा समेत प्रदान गरिएको छ।

त्यस्तै त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन मावि र विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय काठमाडौँ दोस्रो भएका छन्। उनीहरूलाई जनही दुई लाख रुपैयाँ प्रदान गरिएको छ। त्यस्तै जनकल्याण मावि दाङ र बूढानीलकण्ठ स्कुल नारायणथान काठमाडौँलाई तृतीय पुरस्कार प्रदान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here