काठमाडौंः इञ्जिनियर सुबासचन्द्र बरालले नेतृत्व गरेको लोकतान्त्रिक समुह (सिडेन) को उम्मेदवारहरुको टोलीले बाग्मती,मधेस र कोशी पञ्देशमा चुनावी कार्यक्रम सम्पन्न गरेको छ । तीन वटै प्रदेशमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । सो क्रममा प्रदेशमा सिडेनको टोली पुग्दा भव्य स्वागत भइरहेको छ भने इन्जिनियरहरु उत्साही देखिएका छन् ।

भाद्र ११ मा चितवनको भरतपुरबाट सुरु गरि हेटौंडा हुँदै मधेस प्रदेशको बिरगंज, जनकपुर, मलंगवा, चन्दनिगाहपुर, लाहान, राजविराज र विराटनगरसम्म उमेदवार परिचयात्मक तथा चुनावी सभा कार्यक्रम सम्पन्न भएको छ । लोकतान्त्रिक समुहबाट मधेस प्रदेशमा ई अजित यादव नेतृत्वको समुह चुनावी मैदानमा होमिएको छ ।

सिडेनले नेपाल इन्जिनियर्स एसोसियसनको सबलिकरण, इञ्जिनियरहरूको क्षमता अभिवृद्धि तथा पेशागत सहयोग, एकता सहकार्य तथा गुणस्तरसहितको सामाजिक आदर्श निर्माण र हकहितको संरक्षण तथा पैरवी गर्ने प्रतिवद्दता पनि गरेको अध्यक्षका उमेदवार ई बरालले जानकारी दिए ।

भदौ २८ गते ३४ औं कार्यकारिणी समिति र तेस्रो प्रादेशिक कार्यकारिणी समितिका लागि निर्वाचन हुँदैछ। लोकतान्त्रिक समुहले सहमतिमै प्यानल टुंगो लगाएको हो। इन्जिनियरिङ एसोसियसनमा यसअघि लोकतान्त्रिक समूहको प्यानलनै विजयी भएको थियो।

नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादव को प्रमुखको आतिथ्यमा मधेस प्रदेश उर्जा, सिंचाइ तथा खानेपानी मन्त्री शेष नारायण यादव, प्रदेश सभा सदस्य जङिलाल यादव , योजना आयोगका पुर्ब उपाध्यक्ष डा. जग्दिशचन्द्र पोखरेल लगायत नेताहरु कार्यक्रममा उपस्थित थिए । सिडेनका अध्यक्ष लक्ष्मण केसी पूर्वअध्यक्ष शंकर पन्डित, उमेश थानी , मधेस सिडेन अध्यक्ष मनोज दास लगायत लोकतान्त्रिक समुहको नेताहरुको उपस्थिति कार्यक्रममा सम्पन्न भएको छ । प्रदेश केन्द्रित कार्यक्रम अन्तर्गत शुक्रबार लोकतान्त्रिक समूह बिराटनगर पुगेको थियो । टोलीले अब केही दिनमा बाँकी रहेका प्रदेशमा कार्यक्रम गर्ने तय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here