काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारस्थित ‘कन्ट्रोल रुम’ बाट बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी लिएका छन् ।

उनले अविरले वर्षासँगै विपद्‍बाट प्रभावित जनताको जीउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण तागत लगाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिए ।

उनले भने,‘विपद व्यवस्थापनका लागि व्यवस्थित तयारी गरिएको छ । उच्च सतर्कता अपनाउन सम्पूर्ण रूपले मेहेनत गरेका छौँ । यस वर्ष विपद्बाट ठूलो क्षति हुनसक्ने अनुमान गरिएको छ, सोहीअनुसार रोकथाम र क्षति न्यूनीकरणका लागि राम्रो तयारी छ, जनताको जीउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ ।’

बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति दुःख जनाउनुको साथै उद्धार र राहतमा सक्रियतापूर्वक काम गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here