काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय सोमबार साँझ ६ बजे बैठक बोलाइएको छ ।

हरेक सोमबार र बिहीबार मन्त्रिपरिषदको बैठक बस्ने गरेको छ ।बैठकमा मन्त्रालयका नियमित एजेण्डामाथि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अहिले सरकारमा एमाले, कांग्रेस, जसपा र लोसपा सहभागी छन् ।

प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट आइतबार दुईतिहाइभन्दा बढी सांसद्को विश्वासको मत पाएका थिए । ओलीले आज दिउँसो संसद बैठकमा सांसद् प्रश्नको जवाफ दिनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here