काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशमा शान्ती सुरक्षाका साथै अनुशासन कायम गराउन आवश्यक रहेको बताएका छन् ।

उनले पहिलो आवश्यकता शान्ती स्थापना गराउनु भएपनि त्यसँगै अनुशासित पनि बन्नुपर्ने बताए ।

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा मंगलबार सुरु भएको प्रदेश स्तरिय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले भने, ‘सबै भन्दा पहिलो आवश्यकता शान्ती कायम गराउनु हो तर सुरक्षा सँगै अनुशासन पनि कायम गराउन जरुरी छ ।’

गृहमन्त्री लेखकले मंसिर १६ मा हुनगइरहेको उपनिर्वाचनलाई निश्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउने वातावरण बनाउन पनि सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए ।

उनले लोकतन्त्र मर्यादित व्यवस्था भएको बताउँदै लोकतन्त्रमा अनुशासन अनिवार्य रहेको उल्लेख गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here