काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिएका माओवादी केन्द्रका सांसद नारायण दाहालले आफू अध्यक्षमा निर्वाचित भएपछि आफ्ना काम कारबाहीमा पार्टीको ह्याङओभर नदेखिने बताएका छन् । सोमबार उम्मेदवारी दर्तापछि ससद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै विगतमा पार्टीमा लागेकाले जिम्मेवारी पुरा गरेपनि अव राष्ट्रिय सभामा राष्ट्रिय सभाको गरिमा बचाउने गरी काम गर्नमा केन्द्रित हुने बताएका हुन् ।

‘राष्ट्रिय सभामा पार्टीको ह्याङओभर देखिँदैन । राष्ट्रिय सभाको मर्यादा र गरिमालाई ख्याल गरेर कामकारबाही र गतिविधि गर्नुपर्छ भन्ने मेरो बुझाई हो । पार्टीका छाया आउनु भएन । कामकारबाही, अभिव्यक्ति र व्यवहारमा फरक हुन्छ ।’ दाहालले आफूलाई माओवादी अध्यक्ष प्रचण्डको भाइ भएको नाताले मात्र हेर्ने दृष्टिकोण सही नभएको बताए । ‘यो कुरा सुन्दा मेरो कान नै पाकिसके ।’उनले समृद्ध नेपाल निर्माणका लागि सबै दलको साथ सहयोग लिएर अघि बढ्ने कुरामा आफ्नो जोड हुने भन्दै आफू कुनै पार्टी विशेषबाट नभई राष्ट्रपतिबाट मनोनीत भएर आएकाले दलको छाया नपर्ने दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here