रसुवा । रसुवागढी नाकाबाट सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी बढाएको छ । तस्करले गहना बनाइ सुन ल्याउन  थालेपछि प्रहरीले गरगहना लगाउनेप्रति विशेष निगरानी थालेको हो । 

रसुवागढी नाकाबाट स्थायी पास पाएका रसुवावासीले मात्र केरुङ आवत जावत गर्न पाउँछन् । राहदानीमार्फत आएका महिलाले ५० ग्राम एवं पुरूषले  २५ मात्र सुन ल्याउन पाउने प्रावधान रहेको बताइएको छ ।

केरूङबाट सुनको औठी ल्याई अवैध कारोबारमा संलग्न भएको आरोपमा रसुवा जिल्ला आमाछोदिङ्मो गाउँपालिका–१ हाकु निवासी सिनेवाङ्दी तामाङ,   आमाछोदिङ्मा –४ गोल्जुङकी लक्ष्मी तामाङ एवं  आमाछोदिङ्मा –५ चिलिमेकी ल्हाक्पावुटी तमाङ पक्राउ परेका हुन् । उनीहरूको साथबाट रु १४ लाख ९१ हजार छ सय २८ बरावरको  १२ तोला ९१ लालबाट तयार भएका पाँच बेरुवा सुनका औठी जफत गरिएको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here