काठमाडौँ । काठमाडौँमा मंगलबार बिहान शक्तिशाली भूकम्प गएको छ । राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्पको धक्का केही सेकेन्ड महसुस भएको थियो भने भूकम्प चीन केन्द्रबिन्दु भएर ७.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो।
काठमाडौँमा भूकम्पको ठुलो धक्का महसुस भएको हो। भूकम्पबाट कहाँ के कति क्षति भयो भन्नेबारे अहिलेसम्म कुनै विवरण प्राप्त भइसकेको छैन ।