नर्सरी व्यवसायी संघका चारवटा विधा छन् । पुष्प, फलफुल, जडीबुटी र कृषि बनमा नर्सरी व्यवसायी आवद्ध हुनुहुन्छ । तिहार चाँही फुलैफुलको पर्व भएको हुनाले यसलाई पुष्प लक्षित बनाउने गरेर नर्सरी व्यवसायी संघ नेपालले ‘तिहार फ्लोरा एक्स्पो’ गर्दैछ । काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।
एक्सपोमा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने हाम्रो मुख्य उद्देश्य हो । तिहारमा मखमली, सयपत्री, गोदावरीलगायत फुलहरु प्रयोग हुने हुनाले एक्सपोमा समेत किसानले उत्पादन गरेका फुलहरु प्रदर्शनमा राखेर तिमध्ये उत्कृष्ट भएका तीन जनालाई सम्मान र कदर पत्रप्रदानगर्दै आएका छौँ । यस बर्ष यसलाई निरन्तरता दिन्छौँ ।
सरकारले नर्सरी क्षेत्रका चारवटै विधाका वस्तुहरुको उत्पादनमा त्यति ध्यान दिएको छैन् ।प्रदेश सरकारले केहीहदसम्म प्रवद्र्धन गरेको छ । प्रदेशको वन मन्त्रालयले व्यवसायीलाई तालिम कार्यक्रम संचालन गर्ने गरेको छ । जसमा नर्सरी एसोसिएसनले कार्यक्रमको आयोजना गर्ने र व्यवसायीलाई तालिम दिने पनि भनिएको थियो । तर, हामी त्यसको कार्यान्वयनको प्रक्रियामा पुगिसकेका छैनौँ ।
संघीय सरकार अन्तगर्त कामन्त्रालय र अन्य संघसंस्थाबाट कुनैपनि प्रकारको सहयोग पाएका छैनौँ नर्सरी व्यवसायको प्रवद्र्धन र वजारीकरणमा हामी आफैँ क्रियाशील छौं । कृषिमन्त्रालयले समेत यस विषयमाखासै चासो देखाएको छैन । म केही दिनपहिले प्रदेश कृषि मन्त्रालयमा गएको थिएँ । केही कार्यक्रम दिन्छौँ भन्नुभएको छ । तिहार पछि सूचना निस्किन्छ र त्यसमा सहभागी गराउँछौँ भनेर मौखिक कुराकानी भएको छ । अन्य त्यस्तो कुनै पनि सहयोग पाइएको छैन ।
नर्सरी पुष्प व्यवसायीहरूले अहिले व्यहोरिरहेको मुख्य समस्या भनेको सहरमा जग्गा पाउन नसक्नु हो । नर्सरी व्यवसाय सहर केन्द्रित हुनुपर्ने भएकाले जग्गाको अभाव व्यहोरिरहेका छौँ । गत वर्ष पनि सरकारी स्वामित्वमा रहेको जग्गाहरू लामो समय सम्मका लागि नर्सरी व्यवसायीहरूलाई भाडामा उपलब्ध गराउन भनेका थियौँ ।तत्कालीन सरकारका कृषि मन्त्रीले पनि पहल गर्छु भन्नु भएको थियो । तर जताततैबाट आश्वासन मात्र आउने तर आवश्यक सहयोग नहुने देखिएको कारणले हामी समस्यामा परेका छौँ ।
नर्सरी व्यवसायीहरुका लागि स्थानीय तहमा समेत खासै कार्यक्रमहरु पुगेको पाइदैन । नर्सरी व्यवसायीहरु कार्यक्रमका लागि आवश्यक कागज पत्र मिलाउन नसक्ने र यसको फाइदा अरु कसैले उठाइरहेको पाइन्छ । नर्सरी व्यवसायीका लागि भनेर माथिबाट बजेट गएपनि स्थानीय तहले कार्यक्रम भने सञ्चालन गर्दैन् ।
हामीले सदाबहार प्रयोग हुने जडीबुटीका बेर्नाहरु सकेसम्म नेपालकै प्रयोग गर्न भनेका र गरिरहेका छौँ । त्यस्तै हाइब्रिड जातका र सिजनलबिउहरु भने विदेशबाटै आयात हुन्छ । हलल्याण्ड, जापानलगायतका देशबाट बिउ बेर्नाहरु मगाउने गरेका छौँ ।
पुष्प व्यवसायमा आत्मनिर्भर हुनका लागि सबैभन्दा पहिले त बिउ उत्पादक कम्पनीहरु नेपालमा हुन आवश्यक छ । बिउ नै नभएपछि त बाहिरबाट ल्याउन परिहाल्यो ।नेपालमा बिउ उत्पादक कम्पनी नभएकै कारणले सिजनल बिरुवाको बिउ समेत छिमेकी भारत लगायतका देशरुबाट ल्याउनुपर्ने वाध्यता छ ।
तिहार आउन लागेको छ । यस्तो महानपर्वमा प्लास्टिकको फुल सकेसम्म प्रयोग नगर्न हामी सबैमा आग्रह गर्न चाहन्छौँ । तैपनि कतिपय मानिसले प्लास्टिकका फुलहरु प्रयोग गरिहेका हुन्छन् । प्लास्टिकको फुलप्रयोग गर्न निरुत्साहित गर्नुपर्छ । स्वदेशी उत्पादन वा स्वदेशमा पाइने फूलहरुलाई चाँही सरकारी तवरबाट सहयोग हुन जरुरी छ ।नर्सरीवालाहरुलाई प्राविधिकलगायतका सहयोगहरु भयो भने हामी आत्मनिर्भरतर्फ उन्मुख हुन्छौँ ।
जग्गाउपलब्ध गराउने विषयमा समेत हामीले पटक पटक सरकारको ध्यानाकर्षण नगराएको होइनतर उहाँहरुले गरेका प्रतिवद्धताहरु कार्यान्वयन नहुँदै सरकार परिवर्तन भइदिन्छ । अहिले पछिल्लो समय धेरै सरकारी जग्गाहरु देखिरहेका छन् । ति जग्गाहरुमा चाँही भाडामा उपलब्ध गराउने हो भने लामो समयसम्म लगानी गर्न पाए उत्पादन राम्रो र आत्मनिर्भर बन्न सहज हुने थियो ।
नर्सरी व्यवसायी संघ नेपालमादुई सयको संख्यामाकिसानहरु आवद्ध रहनुभएको छ । नर्सरी व्यवसायीहरुको लागि संघले संस्थागत रुपमापनि राम्रो पहल गरिरहेको छ । गतवर्षका असोजमा स्थापना गरिएको संस्थाले गतवर्ष नै तिहार फ्लोरा एक्स्पो आयोजना गरेका हौँ । त्यस्तै नर्सरी बाटिका निर्माण र त्रिखोला बाटिका निर्माणका लागि वृक्षारोपणसहितका कार्यक्रमहरु गरिसकेका छौँ । पुष्प, फलफुल, जडीबुटी र कृषि बनका क्षेत्रमाकाम गर्ने संघ एक्लो संस्था भएका कारण काम गर्नका लागि कुनैपनि समस्या छैन ।
म फेरिपनि के सुझावदिन चाहन्छु भने तिहारमा प्लास्टिकको फुलहरु प्रयोग नगर्नु होला । जुन माला प्रयोगगर्दै हुनुहुन्छ त्यो मालाकहाँ, कसरी उत्पादनभयो भन्ने विषयमा ख्याल गर्नुपर्ने हुन्छ । धेरैभन्दा धेरै नेपाली माला प्रयोग गर्न आग्रह गर्दछु ।
हाम्रो तिहार फ्लोर एक्स्पो यही कात्तिक ९ गतेदेखि १३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । मेलामाहामी २० हजार अवलोकनकर्ता ६० लाखको फलफुलको व्यवसायको अपेक्षा गरेका छौँ । त्यहाँ हाम्रो चारवटै विधाका समग्रीहरु त्यहाँ उपलब्ध हुनेछन् ।
उत्कृष्ट फलफुल, उत्कृष्ट, मखमली, उत्कृष्ट सयपत्री समेत राख्नेछौँ । फुलको प्रयोगगाउँको तुलनामा सहरमा धेरै हुन्छ । तर विस्तारै गाउँमा पनि फुलको प्रयोग बढ्दै गइरहेको छ । विदेशी फुल र मालामालामो समय टिकाइ राख्नका लागि विषाधीको समेत प्रयोग भएको हुनाले सजग रहन आग्रह गर्दछु ।