काठमाडाैं । एसिया कप महिला टी–२० क्रिकेट प्रतियोगितामा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै छ । श्रीलंकाको राङ्गिरी दम्बाला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज हुने खेलमा नेपाली टोलीले युएइको महिला टोलीसँग खेल्ने छ । खेल आज दिउँसो सवा २ बजे सुरु हुनेछ ।

महिला एसिया कप खेल्न समूह ‘ए’ मा रहेको नेपाली महिला क्रिकेट टोलीले समूह चरणमा युएईसँगै पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गर्ने छ।

यसअघि सन् २०१२ र २०१६ मा महिला एसिया कप खेलेको नेपालले आठ वर्षपछि पुनः अहिले प्रतियोगिता खेल्न लागेको हो।

एसिया कप साउन ४ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको समूह ‘बी’ मा श्रीलंका, बंगलादेश , मलेसिया र थाइल्याण्ड छन्। समूह चरणबाट दुई–दुई टोली सेमिफाइनल पुग्नेछन्।

सेमिफाइनलमा विजयी हुने दुई टोलीबिच साउन १३ गते फाइनल भिडन्त हुनेछ।

एसिया कप क्रिकेट प्रतियोगिता अघि नेपाली टोलीले श्रीलंकाको श्रीलङ्का डेभलपमेन्टसंग तीन खेलको अभ्यास खेल खेलेको थियो। जसमा नेपाल २–१ ले पराजित भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here