रौतहट । रौतहटको गरुडा नगरपालिका–५ शिवनगरस्थित स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमा एकजना सुत्केरी महिलाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । चिकित्सकको लापरबाहीले सुत्केरी महिलाको ज्यान गएको भन्दै शुक्रबार पीडित परिवारले अस्पताल घेराउ गरेपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको हो। बर्थिङ सेन्टरमा अहिले ठुलो सङ्ख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

गरुडा ५ शिवनगर बस्ने अरबिन्द साहको श्रीमती वर्ष २५ की रमिता देवीलाई सुत्केरी व्यथा लागी सुत्केरी गराउन उक्त स्वास्थ्य चौकीमा बिहीबार साँझ ल्याएकोमा नर्मल सुत्केरी भएको थियो।

सुत्केरी पछि बढी रक्तस्राव भएको कारण सुत्केरी महिलालाई थप उपचारको लागि आज बिहान बजे वीरगन्जतर्फ रेफर गरेकोमा वीरगन्जस्थित ईन्डो नेपाल अस्पतालमा बिरामीको उपचारको क्रममा बिहान ९ बजे मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here