काठमाडौँ । नेपाली गीतसंगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने कार्यक्रम ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’को तेस्रो संस्करण बिहीबार साँझ आयोजना भयो । कार्यक्रममा संगीतको २४ विधा र फिल्मको ७ विधा गरी जम्मा ३१ विधामा कलाकर्मी तथा उनीहरूको सृजनाले अवार्ड लिए ।

चलचित्र विकास बोर्डको हलमा आयोजित अवार्डमा प्रतिष्ठित गीतकार प्रमोद ढुंगानालाई रु.२५,५५५ नगदसहित दीर्घ साधना सम्मान प्रदान गरियो । सोही कार्यक्रममा पत्रकार सामिप्यराज तिमल्सिनालाई रु.११,१११ नगदसहित पत्रकारिता पुरस्कार प्राप्त गरे । सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनमा फिल्म र गीतसंगीत समावेश गरेर उत्कृष्टलाई अवार्ड प्रदान गरिएको हो ।

कार्यक्रममा पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, इन्टरनेसनल मोडल दिपक घिमिरे, निर्देशक घनश्याम लामिछाने, वरिष्ठ पत्रकार तथा गीतकार गोपाल प्रसाद थपलिया, किड्स मोडल अनया शाह, फेशन डिजाइनर विकाश खड्का, गीतकार हरि उप्रेती, समाजसेवी कमल प्रसाद दाहाल, फेशन डिजाइनर पुरन बहादुर कुँवर, गायक रुद्र शेखर शर्मालगायतको उपस्थिति रहेको अवार्डको जुरीमा संगीतकार राजु सिंह, छायाँकार राम केसी, कोरियोग्राफर लिगेश भट्टराई, मोडल उत्साह घिमिरे रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here