काठमाडौं । डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलको विवादमा नेपाल विद्युत् प्राधिकरणले फेरि उद्योगको लाइन काटेको छ ।


पछिल्लो पटक प्राधिकरणले असोज २४ मा उद्योगलाई विद्युत् महसुल बुझाउनका लागि कात्तिक ८ गतेसम्मको समयसीमा दिएको थियो ।


उक्त समयमा विद्युत् महसुल नतिरेको भन्दै प्रधिकरणले उद्योगीको लाइन काटेको हो । यसअघि ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरणलाई उद्योगीको लाइन नकाट्न भनेका थिए ।

तर, प्राधिकरणले गए राति उद्योगीहरूको लाइन काटिदिएको हो । विद्युत् महसुलसम्बन्धी विवादमा प्राधिकरण र उद्योगीबीच विवाद छ ।

अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, जीबी टेक्साइल, घराना फुड, गोयन्का फुड, एसआर फुड, भलबारी स्वचालित चामल मिललगायत १० उद्योगको लाइन काटिएको उद्योगीले जनाएका छन् ।
०००

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here