काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नयाँ सरकारले जनताको सबै खालको अप्ठ्यारो सल्टाउनुपर्ने बताएका छन् । विगतका सरकारहरूले भ्रष्टाचारलाई बढवा दिएको, जनताको पक्षमा काम नगरेको उल्लेख गर्दै उनले नयाँ सरकारले बाढी, डुबान पीडित जनतालाई राहत दिन ढिलाइ गर्न नहुने पनि बताए । 

शुक्रवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतबारे आफ्नो धारणा राख्दै सांसद सुवालले पटक पटक सरकार बन्ने परिपार्टीको अन्त्य गर्नुपर्ने पनि बताए । सांसद सुवालले नयाँ सरकारले संसद्लाई प्राज्ञिक थलोको रूपमा विकास गर्नुपर्ने बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here