राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आज (बिहीबार) तेस्रो दिन पनि जारी छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रवक्ता, डीएसपी लक्ष्मी खनालले जिल्ला सरकारी वकिलको कार्यालयमा लामिछानेसँग तेस्रो दिनको बयान बिहान साढे १० बजे सुरु भएको जानकारी दिइन्।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पोखराबाट गत मंगलबार भैरहवा पुर्‍याइएका लामिछानेसँग त्यही दिन र बुधबार गरी दुई दिन बयान लिँदा पनि नसकिएपछि आज तेस्रो दिन पनि जारी रहेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here